अमेरिकी डलर झन् बलियो बन्दै

आइतबार, २७ फागुन २०८०, १७ : ४२

काठमाडौँ - चालु आर्थिक वर्षको ७ महिनामा नेपाली रुपैयाँ डलरसँग १ प्रतिशत बढीले अवमूल्यन भएको छ । २०८० असार मसान्तको तुलनामा २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१८ प्रतिशतले अवमूल्यन भएको थियो ।  २०८० माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१ रुपैयाँ १७ पैसा रहेको थियो ।
 
 

आइतबार, २७ फागुन २०८०, १७ : ४२

प्रतिक्रिया