युवाहरुलाई रोजगारी दिन  सरकारलाई आग्रह

आइतबार, २७ फागुन २०८०, १७ : ५२


 

काठमाडौँ   - राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीले युवाहरुलाई रोजगारी दिने कुरालाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।आईतवार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१\८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै युवाहरुलाई रोजगारी दिने विषयलाई मुख्य रुपमा ध्यान दिनुपर्ने बताएका हुन् । बैठकमा नेपाली काँग्रेसका सांसद युवराज शर्माले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पुनर्लेखन गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चेतावनी दिएका हुन् । सत्तासाझेदार नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष डा। वेदुराम भुसालले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पुनर्लेखन नगर्न नयाँ सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन् । यस्तै राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले प्राङ्गारिक मलको कारखाना खोल्नुपर्नेमा जोड दिएका छन्  ।  राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले देशमा धार्मिक विभेद हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 


 

आइतबार, २७ फागुन २०८०, १७ : ५२

प्रतिक्रिया