नेपाल रिइन्स्योरेन्सको सिइओ आवेदन खुला

सोमबार, २८ फागुन २०८०, १३ : १८

काठमाडौँ  - नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न सात जनाले आवेदन दिएका छन् । कम्पनीले प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक योग्यता पुगेका नेपाली नागरिकलाई फागुन ७ देखि फागुन २७ गतेसम्म आवेदन खुला गरेको हो । 

जस अनुसार कम्पनीकै पूर्व कर्मचारी देखि विभिन्न बीमा कम्पनीका पुर्व सिइओ र डेपुटी सिइओहरुले आवेदन पेश गरेका छन् । आवेदन पेश गर्नेमा बुद्धकाजी श्रेष्ठ, दामोदर भण्डारी, नारायणकुमार भट्टराई, शेखर बराल, श्रीमान कार्की, सुरेन्द्र थापा र उज्ज्वलराज अर्याल रहेका छन् । गत पुस ११ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको कार्य काल समाप्त भएको थियो । त्यसपछि निमित्तका रुपमा दामोदर भण्डारीले सिइओको पद सम्हाल्दै आएका छन् ।

 

सोमबार, २८ फागुन २०८०, १३ : १८

प्रतिक्रिया