वालकुमारी वनक्षेत्रको सरसफाइ

सोमबार, २८ फागुन २०८०, १५ : २३

काठमाडौँ - ललितपुर वन डिभिजन कार्यालय अन्तर्गत मच्छिन्द्र स्वडिभिजन वन कार्यालयको सहयोगमा ललितपुर महानगरपालिका–१८ सैंबु स्थित  श्री वालकुमारी सामुदायिक वन समूहले भञ्ज्याङ क्षेत्रमा रहेको सल्लावन क्षेत्र सरसफाइ गरेको छ । पर्यापयटन विकास र वनक्षेत्रमा नयाँ प्रजातिका बिरुवा संरक्षण गर्न सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

 

 ललितपुर महानगरपालिका वडा नं १८,नेप्सेम्याक, श्री वालकुमारी सिर्जना क्लब, सैबु खानेपानी तथा सरसफाइ लगायत संघसंस्थाको सहभागिता रहेको  थियो । सरसफाइ कार्यक्रममा बोल्दै  सब डिभिजन कार्यालय प्रमुख दुर्गा कार्कीले ललितपुर महानगरक्षेत्र भित्रको महत्त्वपूर्ण एवं संरक्षित वनक्षेत्रको संरक्षणमा समूहले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताइन्  ।वालकुमारी बन समूहको कार्य उत्कृष्ट रहेको उल्लेख गर्दै वन व्यवस्थापन र पर्यापर्यटन क्षेत्रको विकासमा समूहले महत्त्वपूर्ण भुमिका खेलेको बताइन्  । ‘नमुना वन समूहको रुपमा परिचित वालकसमारी वन समुहसंग सहकार्य गर्न सब डिभिजन वन कार्यालय सधैँ तयार रहेको छ–उनको भनाई थियो । उनले पर्यापर्यटन विकास गर्न नयाँ आग्रह गर्दै त्यसको लागि डिभिजन वन कार्यालय सहयोग गर्ने बताइन्  ।

 

 कार्यक्रममा ललितपुर महानगरपालिका वडा–१८ का अध्यक्ष दामोदर खड्काले वन क्षेत्र संरक्षण गर्न वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–वनक्षेत्रभित्र पर्यापर्यटनको विकास गर्न कस्तो सहयोग आवश्यक छ, त्यसको लागि वडाले सहयोग गर्न तयार छ । उनले वनक्षेत्रलाई पर्यापर्यर्टनको रुपमा विकास गर्न वडा कार्यालयले सक्दो सहयोग गर्ने बचनबद्धता जनाए । यसअघि बडा कार्यालयले साहसिक खेल साइकल ट्रेल, खेल सामाग्री राख्ने स्थान निर्माण र वृक्षारोपण गर्न सहयोग जारी राखेको छ । वन समूहका अध्यक्ष किशोर कुँवरले महानगरकै नमुनाको रुपमा रहेको यस वनक्षेत्रको विकास गर्न विभिन्न परियोजना तयार भएको बताए  । भने–‘हामीले परियोजना बनाएका छौ, सबै सरोकारवालानिकायले सहयोग गर्दा यसक्षेत्रलाई ललितपुर महानगरकै घुम्न योग्य क्षेत्र बनाउनेछौ । अध्यक्ष कुँवरले अब हरेक शनिवार वनक्षेत्रमा सररफाई जारी राख्ने बताए । सर सफाइको नेतृत्व रामचन्द्र थापाले गर्ने छन् ।
 

सोमबार, २८ फागुन २०८०, १५ : २३

प्रतिक्रिया