औषधी पुरक सामग्रीको बिक्री नगर्न आग्रह

१ महिना अगाडि

काठमाडौं - औषधी व्यवस्था विभागले औषधी पुरक सामग्रीको बिक्री नगर्न आग्रह गरेको छ । विभागले सूचना निकाल्दै औषधी पुरक न्युट्रास्युटिकल ट्याब्लेट, क्याप्सुल, झोल तथा सौन्दर्य प्रशाधन सामग्रीको नाममा औषधी मिश्रित क्रिम आदि औषधीहरुको बिक्री नगर्न आग्रह गरेको हो । 

विभाग द्वारा निरीक्षणका क्रममा यस्ता उत्पादनहरु बिक्री भइरहेको पाइएकाले यस्ता औषधीहरुको बिक्री तुरुन्त रोक्न सम्बन्धित सबैलाई आग्रह आग्रह गरेको हो । यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री गरेको पाइएमा कानुन अनुसार जफत तथा कारबाही हुने विभागले चेताननी दिएको छ  । विभागका अनुसार औषधी ऐन, २०३५ को दफा १० ९क० बमोजिम सोही ऐको दफा १० बमोजिम औषधी बिक्री गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८९क० बमोजिम विभागमा दर्ता रहेको औषधी मात्र बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया