काठमाडौं - ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे १० महिनाको अवधिमा ५७ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।
महानगरपालिकाको वित्तीय विवरण अनुसार वैशाखसम्म ललितपुरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो लक्ष्यको ५७ प्रतिशत हो । यस आवमा सरकारले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
खर्च भएकोमध्ये १ अर्ब ७२ करोड ८८ लाख ४२ हजार रुपैयाँ चालु खर्च रहेको छ । यो लक्ष्यको ६९ प्रतिशत हो । पूँजीगत खर्च भने १ अर्ब ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँ बराबरको भएको छ । जुन लक्ष्यको ५० प्रतिशत मात्र हुन आउँछ । यस वर्ष ललितपुरले २ अबृ ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालु खर्च र ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ पूँजीगत खर्च हुने अनुमान गरेको छ ।
प्रतिक्रिया