सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने

शुक्रबार, २१ बैशाख २०८१, १६ : ११

काठमाडौँ - सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् । उनले भनिन्,‘सय रुपैयाँको डिजाइन परिवर्तन गर्ने निर्णय भएको छ । स्वीकृत दिएको छ । पुरानो नक्सामा चुच्चे नक्सा प्रयोगमा ल्याउने छ ।’
 

शुक्रबार, २१ बैशाख २०८१, १६ : ११

प्रतिक्रिया