विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो

सोमबार, २८ फागुन २०८०, १७ : ३७

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज ‘होल्डिङ’ घटेको जनाएको छ । काठमाडौंको आकासमा अधिक चाप हुँदा जहाज बढी समय होल्ड गर्नुपरेको भन्दै विमानस्थल प्रशासनको आलोचना हुँदै आएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सोमबार विज्ञप्ति जारी गर्दै विशेष अवस्था बाहेक होल्डिङ घटेको बताएका हुन् ।

 

आन्तरिक आगमन टर्मिनलको छुट्टै भवन बनाएर ब्यागेज बेल्टको व्यवस्था गरिएको र यसले यात्रुलाई सहज भएको समेत विमानस्थलको दाबी छ ।यस वर्ष विमानस्थलमा पर्याप्त ट्रली व्यवस्था गरिएको र १२ जनासम्म अट्ने लिफ्ट जडान भएको भन्दै यसले यात्रु व्यवस्थापनमा सहज भएको प्रशासनको भनाइ  छ ।यस वर्ष यात्रु सहायता कक्ष निर्माण, भीआईपी सवारीसाधन कार्यविधि बनाइ व्यवस्थित गरिएको समेत प्रशासनले जनाएको छ ।विमानस्थलभित्र निःशुल्क विद्युतीय सटल बस र पार्किङ सुविधा विस्तार सहित दीर्घकालीन महत्त्वका काम भएको विमानस्थल प्रशासनले उल्लेख गरेको छ । विमानस्थलमा चेक इन र प्रस्थान कक्ष विस्तारको काम भइरहेको र केही महिनामा थप हुनेसमेत प्रशासनको भनाइ छ । यस वर्ष अन्तर्राष्ट्रिय उडान संख्या र यात्रुसमेत बढ्दा राजस्व संकलन वृद्धि भएको प्रशासनको भनाइ छ । यो वर्ष साउनयता मात्र कुल २४ मध्ये २३ मुद्दा कार्यालयको पक्षमा आएको र यसले बक्यौता असुलीमा सहयोग पुगेको प्रशासनले जनाएको छ ।

सोमबार, २८ फागुन २०८०, १७ : ३७

प्रतिक्रिया