गैरकानुनी धन्दा,कर छली गर्नेलाई कारबाही गर्न कसैको आदेश कुर्नुपदैन : गृहमन्त्री लामिछाने

१ महिना अगाडि

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई सम्बोधन गर्दै गैर कानुनी काम गर्नेहरूलाई ठाउँको ठाउँ कारबाही गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो सामाजिक संजालमा एउटा स्ट्याटस लेख्दै देश भरका राष्ट्रसेवक  प्रहरीहरूलाई गैर कानुनी काम गर्नेहरूलाई कारबाही गर्न कोही कसैको आदेश नकुर्न त कानुन बमोजिम कारबाही गर्न आग्रह गरेका छन् । 

देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैर कानुनी काम गरेको छ, गैर कानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। गृहमन्त्री लामिछानेले आफ्नो फेसबुक मार्फत लेखेका छन् । 

लामिछानेले थप भनेका छन्– 'तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ।'

यस्तो छ उनको स्ट्याटस् :

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल:

देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)!!

१ महिना अगाडि

प्रतिक्रिया