काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् ।
प्रतिक्रिया