प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

बुधबार, ३० फागुन २०८०, १६ : १४

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये  विश्वासको पक्षमा १५७ मत प्राप्त गरेका छन  भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक मत परेको छ ।

 

नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी, नेकपा(एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीका सांसद एवं स्वतन्त्र सांसदले विश्वासको मतको पक्षमा मतदान गरेका छन। नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका लागि प्रस्ताव गरेका छन।विश्वासको मतको प्रास्ताव गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशमा देखिएका समस्या समाधान गर्नका लागि विश्वासको मत दिन आग्रह गरेका छन् । सो अवसरमा उनले देशको जनताको पक्षमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन  ।

बुधबार, ३० फागुन २०८०, १६ : १४

प्रतिक्रिया