काठमाडौँ - पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक आर्थिक मन्दीमा गएको दाबी गरेका छन् । लगातार दुई आर्थिक वर्ष बजेट घाटामा जानु भनेको आर्थिक मन्दीमा जानु भएपनि तत्कालीन अर्थमन्त्री डा।प्रकाशशरण महतले सो स्वीकार गर्न नसकेको बताएका छन्।
बिहीबारदेखि जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता ९कर बाहेक० माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्धवार्षिक समीक्षाबाट खर्चको लक्ष्य घटाउनुपर्ने बाध्यतालाई समेत तत्कालीन अर्थमन्त्री डा।महतले बुझ्न नसकेको बताएका छन्। किसानले ६ अर्बको भुक्तानी पाउन नसकेको, निर्माण व्यवसायीहरूको अर्बौको भुक्तानी रोकिएको तर ऋण खोजेर नियमित खर्च चलाउनु परिरहेको अवस्थालाई समेत पूर्वअर्थमन्त्री डा।महतले नजरअन्दाज गरेको उनले आरोप लगाएका छन् ।
प्रतिक्रिया