विश्व आर्थिक परिद‍‍ृश्यलाई विनियोजन विधेयकले ध्यान दिन सकेन : पूर्वअर्थमन्त्री शर्मा

विहीबार, ०१ चैत्र २०८०, १६ : २२


काठमाडौँ -  पूर्वअर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद जनार्दन शर्माले विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकताले विश्व आर्थिक परिद‍‍ृश्यलाई ध्यान दिन नसकेको बताएका छन् । बिहीबारदेखि संसद्‍मा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक)को छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो पटक विश्वका शक्ति राष्ट्र रुस र युक्रेन, अन्य देशहरूबिचको बढ्दो टकराब र युद्धले निम्त्याउन सक्ने आर्थिक संकटलाई नेपालले आंकलन गर्न नसकेको बताए । 

पश्चिम नेपालमा गएको भूकम्पले पारेको क्षतविक्षत निर्माण क्षेत्रमा सरकारको ध्यान नगएको, विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा विश्व परिद‍‍ृश्यतर्फ ध्यान जान नसकेको उनले बताए ।  रुस र युक्रेनबिचको युद्ध विश्वका पछिल्ला घटनाहरूले पार्न सक्ने आर्थिक संकटलाई बजेटको विनियोजन विधेयकले आंकलन गर्न नसकेको उनले बताए । विनियोजन विधेयकको पक्ष र विपक्षको तर्फबाट आफ्नो भनाइ राख्दै सांसद शर्माले पूर्वअर्थमन्त्री डा।महतले ल्याएको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले धेरै महत्त्वपूर्ण र सान्दर्भिक पक्षहरू समेट्न नसकेकाले र जिम्मेवार अर्थमन्त्री समेत फेरिसकेकाले प्रस्तुत सिद्धान्त तथा प्राथमिकता परिवर्तन गर्नुपर्ने बताए । यस्तै, विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले गत कात्तिकमा पश्चिम नेपालमा गएको भूकम्पले बनाएको तहसनहस भौतिक पूर्वाधार आवासको पुनर्निर्माणको सन्दर्भमा समेत सरकारले ध्यान दिन नसकेको उनले बताए । 


 

विहीबार, ०१ चैत्र २०८०, १६ : २२

प्रतिक्रिया