जनताको निराशालाई आशामा बदल्नु छः उद्योगमन्त्री दामोदर भण्डारी

शुक्रबार, ०२ चैत्र २०८०, १६ : ५६

काठमाडौँ - उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताएका छन्।

मन्त्री भण्डारीले जनतामा रहेको चरम निराशालाई आशा बदल्न सकेन भने सरकारले गति लिन नसक्ने बताएका छन् । उनले जनआक्रोशलाई आशामा बदल्न सरकारलाई चुनौती चुनौती रहेको र त्यसो गर्न नसके सरकार छोडनु पर्ने बताएका छन्।डल्फिन ग्रुपको १४ औं वार्षिकोत्सवमा नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगीलाई आशा, भरोसा, विश्वास नदिलाएसम्म नेपालको अर्थतन्त्र बलियो नहुने भएकाले लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताए। उनले लगानीमैत्री वातावरण बनाउन फास्ट ट्रयाकबाट कानूनहरु निर्माण गरिने बताए।

यसैबीच, मन्त्री भण्डारीलाई नेपालगञ्ज उद्योग बाणिज्य संघले ज्ञापनपत्र बुझाएको छ । सीमा नाकालाई कडाई गर्न माग गर्दै संघका अध्यक्ष टंकबहादुर धामी र महासचिव भीम रानाभाटले ज्ञापनपत्र बुझाएका हुन्।मन्त्री भण्डारीले अहिलेको गठबन्धन समान विचार र अग्रगमनको रहेकाले जनमुखी कामहरु हुने विश्वास दिलाए। डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा ग्रुपका सञ्चालक तीर्थबहादुर थापाले आफूहरुले नेपालगञ्जलाई केन्द्र विन्दुमा राखेर उद्योगहरु सञ्चालन गरिरहेको बताए। 
 

शुक्रबार, ०२ चैत्र २०८०, १६ : ५६

प्रतिक्रिया