प्रधानमन्त्री ‘प्रचण्ड’ पोखरामा

शनिबार, ०३ चैत्र २०८०, १५ : १९

 काठमाडौँ  - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरामा आयोजना हुने  कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन् । प्रधानमन्त्रीले पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक     विद्यालयको अवलोकन पनि गरेका छन ।  

आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । आइतबार नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री       सरिक हुने छन् ।   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको उक्त पार्टीका स्थानीय नेताहरुले बताएका छन

शनिबार, ०३ चैत्र २०८०, १५ : १९

प्रतिक्रिया