उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता, दर्ताक्रम निर्धारण र चिन्ह वितरण

१ महिना अगाडि

काठमाडौँ - २०८१ साल वैशाख १५ गते इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनमा राजनीतिक दलको रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दल सम्बन्धी नियमावली दर्ता  गरिएको छ ।

 २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दल सम्बन्धी नियमावली,र २०७४ को नियम १५ मा भएको कानूनी व्यवस्था बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा देहाय बमोजिमका २० (बीस) वटा र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा देहाय बमोजिमका १९ (उन्नाइस) वटा राजनीतिक दलहरूलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम (१) को अनुसूची–१२ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगको मिति २०८०।१२।४ को निर्णय बमोजिम दर्ता गरिएको छ । यसरी दर्ता भएका राजनीतिक दलहरुलाई आयोगबाट निर्वाचन चिन्ह प्रदान गरी निर्वाचन चिन्हको क्रम निर्धारण समेत गरिएको छ । 

प्रतिनिधि सभा सदस्य उपनिर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरु

क्र.सं.   राजनीतिक दलको  नाम
१    मंगोल नेशनल अर्गनाइजेशन
२    नेपाल कम्युनिष्ट पार्टी  ९एकीकृत समाजवादी०
३    नेपाल मजदुर किसान पार्टी
४    राष्ट्रिय जनमुक्ति पार्टी
५    जनमत पार्टी
६    नेपाली काँग्रेस
७    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
९    नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत मार्क्सवादी लेनिनवादी०
१०    नेपाली जनता दल
११    राष्ट्रिय स्वतन्त्र पार्टी
१२    नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०
१३    राष्ट्रिय प्रजातन्त्र पार्टी 
१४    जनता समाजवादी पार्टी, नेपाल
१५    बहुजन शक्ति पार्टी
१६    आम जनता पार्टी
१७    नेशनल रिपब्लिक नेपाल
१८    नेपाल समाजवादी पार्टी
१९    राष्ट्रिय मातृभूमि पार्टी
२०    राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

१ महिना अगाडि

प्रतिक्रिया