काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रेम आलेले सरकारलाई २२ देखि २३ खर्बको बजेट ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
हाल १६–१७ खर्बको बजेट ल्याउने गरिएकोमा यसले विकासका गतिविधि अघि बढाउन अपुग भएको भन्दै सरकारले २३ खर्ब बढीको बजेट ल्याएर विकासलाई तीव्र गति दिनुपर्ने उनले बताएका छन् । सरकारले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत विनियोजित बजेटको २ खर्ब २१ अर्ब रुपैयाँ खर्च लक्ष्य घटाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।पूर्वमन्त्री समेत रहेका उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भने, ‘१७ खर्बको बजेट होइन अब कम्तीमा २२–२३ खर्ब बजेट ल्याउनुपर्छ । अनि मात्र धेरै क्षेत्रमा विकासका गतिविधि अघि बढाउन सकिन्छ ।’ तथापि, यता भने सरकारले साढे १७ खर्बको बजेट ल्याउँदा सो समेत खर्च गर्न नसकेर खर्चको लक्ष्य घटाउनु परेको छ ।
प्रतिक्रिया