सरकार आफैँले बाँसबारी जुत्ता कारखाना सहितका उद्योग निजीकरण गराएको हो : सांसद चौधरी

१ महिना अगाडि

काठमाडौँ - व्यवसायी एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीले सरकार आफैले बाँसबारी जुत्ता कारखाना सहित तीन वटा महत्त्वपूर्ण उद्योगहरू निजीकरण गराएको खुलासा गराएका छन् । 
तत्कालीन समयमा आर्थिक भार थेग्न नसकेर सरकारी संस्थान तथा उद्योगहरू डुब्ने स्थिति बनेपछि सरकार आफैँले निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिनेगरी निजीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता ९कर बाहेक० को छलफलमा बोल्दै सांसद चौधरीले तत्कालीन बाँसबारी जुत्ता कारखाना, भृकुटी कारखाना र भक्तपुरस्थित हरिसिद्धी टायल कारखाना निजीकरण गर्ने निर्णय गरेको खुलासा गरे ।  जसअन्तर्गत पहिलो चरणमा बाँसबारी जुत्ता कारखानासहित तीनवटा उद्योग निजीकरण भएको सांसद चौधरीको भनाइ छ । कानुन बमोजिम नै टेन्डर गरेर निजी क्षेत्रलाई सुम्पिएको उद्योगहरू पनि अहिले राजनीतिकरण गरिएको भन्दै सांसद चौधरीले दुःख व्यक्त गरे ।प्रजातन्त्रको पुनर्बहाली पछि २०४८ सालमा नेपाल सरकारले खुल्ला बजार, अर्थतन्त्र, निजी क्षेत्र र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका उद्योगहरूलाई निजीकरण गरिएको उनको भनाइ छ । 


 

१ महिना अगाडि

प्रतिक्रिया