प्रतिनिधि सभा बैठक शुरु , प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रश्नको जवाफ दिने

मंगलबार, ०६ चैत्र २०८०, १२ : ४४

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको  छ ।

मंगलबार, ०६ चैत्र २०८०, १२ : ४४

प्रतिक्रिया