हामीसँग पैसाको कमी छैन, खर्च गर्ने क्षमता भएन : मन्त्री पुन

१ महिना अगाडि

काठमाडौँ - अर्थ वर्षमान पुनले सरकारको खर्च गर्ने क्षमतामाथि प्रश्न गरेका छन् । खर्च गर्ने पैसा दातृ निकायहरू स्रोत व्यवस्थापनका लागि तयार भए पनि नेपाल आफैँले खर्च गर्न नसकेर कमजोर बनेको उनले बताए । 

बुधबार प्रतिनिधि सभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सांसदहरुले राखेको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पुनले अहिले पनि दातृ निकायहरूले दिने रकम ५ खर्ब माथि रहेको बताउँदै नेपालले खर्च गर्ने क्षमता बढाउनु पर्ने बताए। सांसदमा बोल्दै निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी दातृ निकाय तथा मुलुकहरूले ६ खर्ब माथिको लगानी प्रतिबद्धता गरे पनि ल्याउन नसकिएको भन्दै गठबन्धन सरकारले कसरी ल्याउन सक्छ हेरौँला भनेर जिज्ञासा राखेका थिए । डा. महतको सोही जिज्ञासा माथि जवाफ दिँदै अर्थमन्त्री पुनले भने, ‘लगानी ल्याउने होइन खर्च बढाउने हो । अहिले पनि दातृ निकायहरू लगानी दिन तयार छन् । तर हामीले खर्च बढाउनुपर्‍यो’ उनले भने । सोही अवसरमा अर्थमन्त्री पुनले बजेट बनाउँदा खर्च व्यहोर्ने राजस्वको स्रोत बढी राख्ने तर उपलब्धि कम हुने गरेकाले समस्या आइरहेको बताए । 

‘हामी बजेट बनाउँदा खर्चको स्रोत ४० प्रतिशत राजस्व वृद्धिका आधारमा बनाउँछौँ । तर, उपलब्धि १० प्रतिशत मात्रले राजस्व बढी रहेको छ । कहाँनिर कमजोरी भयो रु प्रश्न गर्दै अर्थमन्त्री पुनले हाम्रो बजेट बनाउने परिपाटी, विज्ञता र अनुभवले काम गर्न नसकेको बताए । वार्षिक राजस्व वृद्धिको स्थिति २०–२२ प्रतिशत भए पनि सरकार बढी महत्वकांक्षी भएर ४० बढीको लक्ष्य राख्दा समस्या आएको उनले बताए । पूर्व प्रधानमन्त्री समेत रहेका पूर्व अर्थमन्त्रीका पालामा ३३ प्रतिशतले राजस्व वृद्धि भए पनि त्यसअघि र पछिका वर्षहरूमा २० प्रतिशतभन्दा बढी राजस्व वृद्धि भएको इतिहास नभएको समेत उनले बताए ।   

१ महिना अगाडि

प्रतिक्रिया