मन्त्रिपरिषद् बैठकद्वारा राष्ट्रिय योजना आयोगको सदस्यमा चार जना नियुक्त

१ महिना अगाडि

काठमाडौं - राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा ४ जना नियुक्त भएको छन् । 

विहीवार बसेको मन्त्रिपरिषद् बैठकका सदस्यहरु नियुक्त गरेको हो ।  बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली जना तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल– १ (६५९१ मिटर) र जुगल– २ (६५१८ मिटर) हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने भएको छ । नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पद १ मा श्री चुडामणि पौडेललाई बढुवा नियुक्त गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्रा. संगीता सिंह (काडमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गरेको छ  ।


 


 

१ महिना अगाडि

प्रतिक्रिया