आगामी बजेटमा कृषि क्षेत्रको आधुनिकीकरणले प्राथमिकता पाउँछ : मन्त्री पुन

१ महिना अगाडि

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेटमा कृषि क्षेत्रको आधुनिकीकरणले प्राथमिकता पाउने बताएका छन् ।

 कृषिको आधुनिकीकरण मार्फत उत्पादन वृद्धि गर्ने,  प्रशोधन उद्योगहरूलाई प्रोत्साहन गर्ने लायत कार्यक्रम आगामी बजेटमा समेटिने उनले बताए ।‘आगामी बजेटमा कृषि क्षेत्रको आधुनिकीकरणले प्राथमिकता पाउँछ’आगामी वर्षको ‘विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त’ सम्बन्धमा बिहीबार संसद्को अर्थसमितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले कृषिलगायत अर्थतन्त्रका वास्तविक क्षेत्रले प्राथमिकता पाउने बताएका हुन् ।

वार्षिक ४० प्रतिशतले राजस्व वृद्धि गर्ने सरकारको लक्ष्य भएपनि हाल करिब १० प्रतिशतले मात्र प्राप्ति भएको अर्थमन्त्री पुनले बताए । ‘राजस्व संकलन बढाउन सबैभन्दा पहिले चुहावट रोक्नु पर्छ, त्यसका लागि उच्चस्तरीय कार्यदल बनाएर काम सुरु गरिसकेका छौँ,’ उनले भने, ‘अर्को महिनादेखि राजस्व संकलनमा सुधार हुनेछ ।’‘हाम्रो समस्या दुई ठूला अर्थतन्त्र भएका राष्ट्रको बीचमा हामी सानो अर्थतन्त्र भएको मुलुक छौँ,’ उनले भने, ‘छिमेकी राष्ट्रमा कृषिलाई बढी संरक्षण दिइरहेको छ, तर हामीले पर्याप्त संरक्षण दिन सकेका छैनौँ ।’ यसकारण एकातिर हाम्रो उत्पादन प्रतिस्पर्धी हुन सकिरहेका छैनन् भने अर्कोतिर खुला सिमानका कारण विदेशी वस्तु नेपाल आउने गरेकाले पनि हाम्रो उत्पादनले बजार नपाएको उनले बताए । आगामी बजेटमा यो विषयले प्राथमिकता पाउने उनले बताए ।

१ महिना अगाडि

प्रतिक्रिया