फागुनमा सेयर कारोबार गर्न रुचाइएको कम्पनीहरु,

सबैभन्दा धेरै  कारोबार हुनेमा हाइड्रोपावर समूह

१ महिना अगाडि

 काठमाडौैं- नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार कारोबार भएको छ । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रहेको देखिएको छ । फागुनमा हाइड्रोपावर समूहका कम्पनीहरुको मात्रै २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

हाइड्रोपावरपछि उत्पादन समूहका कम्पनीहरुको कारोबार उच्च छ । सो समूहका कम्पनीहरुको ७ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । वाणिज्य बैंकमा सबैभन्दा धेरै कारोबार एनआईसी एसियाको ९५ करोड २३ लाखको भएको छ । एनआईसीपछि नबिलको ५२ करोड ५९ लाख र कुमारीको २८ करोड १९ लाखको भइ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

विकास बैंक

विकास बैंकमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– साइन रेसुङ्गा विकास बैंक । फागुनमा विकास बैंक समूहको कुल २ अर्ब ३० करोडको कारोबार हुँदा साइनको मात्रै ३० करोड ३१ लाखको भयो । साइनपछि क्रमशः कामना सेवाको २४ करोड ८ लाख र गरिमाको २२ करोड ९३ लाखको भएको छ ।

फाइनान्स समूह

त्यस्तै फाइनान्स समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनी हो– गोर्खाज फाइनान्स । फाइनान्स समूहको कुल ४ अर्ब ३ करोडको कारोबार हुँदा गोर्खाजको मात्रै १ अर्ब १४ करोडको कारोबार भयो । यसपछि नेपाल फाइनान्सको ५७ करोड ११ लाख र आईसीएफसी फाइनान्सको ३२ करोड ६४ लाखको कारोबार भयो ।

हाइड्रोपावर समूह

हाइड्रोपावर समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमा जोशी हाइड्रोपावर छ । यस समूहको कुल २३ अर्ब ३९ करोडको कारोबार हुँदा जोशीको १ अर्ब ४६ करोडको कारोबार भयो । दोस्रोमा रहेको ङादी ग्रुपको १ अर्ब ५ करोड तथा तेस्रोमा रहेको मोलुङ हाइड्रोपावर कम्पनीको ९९ करोड १९ लाखको कारोबार भएको छ । लगानी समूहका कम्पनीहरुको कुल ३ अर्ब १६ करोडको कारोबार भएकोमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको ९९ करोड ११ लाखको कारोबार भयो । त्यस्तै हाथवेको ९० करोड ४८ लाख र नागरिक लगानी कोषको ४४ करोड ५४ लाखको कारोबार भयो ।

जीवन बीमा समूह 

जीवन बीमा समूहका कम्पनीहरुको ४ अर्ब १७ करोडको कुल कारोबार भएकोमा सन नेपाल लाइफको सबैभन्दा धेरै ९३ करोड ३४ लाखको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाखको कारोबार भयो भने एसियन लाइफको ४५ करोड ६ लाखको कारोबार भयो । त्यस्तै उत्पादन समूहका कम्पनीको कुल ७ अर्ब २३ करोडको कारोबार भएकोमा सोनापुर मिनरल्सको सबैभन्दा धेरै २ अर्ब ६२ करोड, शिवम् सिमेन्टको २ अर्ब २३ करोड तथा हिमालयन डिस्टलरीको ९७ करोड ४४ लाखको कारोबार भयो ।

माइक्रोफाइनान्स समूह

माइक्रोफाइनान्स समूहका कम्पनीहरुको कुल ३ अर्ब ६ करोडको कारोबार भयो । जसमा सीवाईसी लघुवित्तको सबैभन्दा धेरै २१ करोड ७९ लाख, छिमेक लघुवित्तको १५ करोड ९१ लाखको कारोबार भयो भने उन्नति सहकार्यको १३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो । निर्जीवन बीमा समूहका कम्पनीहरुको २ अर्ब ५४ करोडको कारोबार भएकोमा आईजीआई प्रुडेन्सियलको सबैभन्दा धेरै ४७ करोड ६१ लाखको कारोबार भयो । नेपाल इन्स्योरेन्सको ४१ करोड ९ लाख र सानिमा जीआईसीको ३१ करोड ४६ लाखको कारोबार भयो ।

अन्य समूह
अन्य समूहका कम्पनीहरुको कुल ४ अर्ब ७९ करोडको कारोबार हुँदा हिमालयन रिको सबैभन्दा धेरै २ अर्ब ९९ करोडको कारोबार भयो । नेपाल रिइन्स्योरेन्सको ५२ करोड १७ लाख र नेपाल रिपब्लिक मिडियाको ४३ करोड ८ लाखको कारोबार भयो । होटल तथा पर्यटन समूहका कम्पनीहरुको कुल १ अर्ब ८ करोडको कारोबार हुँदा सोल्टीको सबैभन्दा धेरै ४२ करोड ३५ लाख, चन्द्रागिरि हिल्सको ३० करोड १७ लाख र सिटी होटलको १४ करोड ४२ लाखको कारोबार भयो ।

Capture

-नेप्से

१ महिना अगाडि

प्रतिक्रिया