परराष्ट्र मन्त्री श्रेष्ठ भोली चीन जाँदै

१ महिना अगाडि

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोली आइतबार चीन प्रस्थान गर्ने भएका छन्।  चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि आइतबार चीन जान लागेका हुन्।

भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्र मन्त्री श्रेष्ठबीच द्विपक्षीय भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनी चैत १९ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
 

१ महिना अगाडि

प्रतिक्रिया