लामिछानेको नाम उच्चारण गर्दै डा. वाग्लेले भने, ‘स्वाद आइरहेको छ’

१ महिना अगाडि

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति एंव प्रतिनिधिसभा सांसद डा. स्वर्णिम वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दा स्वाद आएको बताएका छन् । 

आज पार्टीले गरेको पत्रकार सम्मेलनको कार्यक्रममा रवि लामिछानेको नाम उच्चारण गर्दा आफूलाई स्वाद आइरहेको बताएका हुन् । सुरुवातमा पार्टीका सांसद एंव युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा सम्बोधन गरेका थिए । श्रेष्ठले आफूपछि वाग्लेलाई बोल्न निम्तो दिएर गएका थिए । श्रेष्ठको निम्तोपछि सम्बोधनका लागि आएका वाग्लेले रवि लामिछानेको नाम उच्चारण गर्दै स्वाद आएको बताएका हुन् । उनले भने, ‘पार्टीका सभापति, मेरा मित्र, नेपाल राष्ट्रको उपप्रधानमन्त्री । भन्दा पनि कस्तो स्वाद आइरहेको छ । आदरणीय रवि लामिछानेज्यू ।’ डा। वाग्लेले रवि लामिछानेको नामको अगाडी उपप्रधानमन्त्री जोड्दा स्वाद आएको बताएका हुन् । लामिछानेको नाम उच्चारण गरिसकेपछि भने वाग्लेले सामान्यरुपमा नै सम्बोधनलाई अघि बढाए ।

१ महिना अगाडि

प्रतिक्रिया