इलाम २ मा एमालेबाट सुहाङ नेम्वाङको उम्मेदवारी

१ महिना अगाडि

काठमाडौं- इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ। 

नेकपा एमालेले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी सचिवालय बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सुहाङ एमाले नेता स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा हुन् । 

यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया