एमाले सुर्खेतमा यमलाल पक्षधरको बर्चस्व

१ महिना अगाडि

 
काठमाडौं – नेकपा (एमाले) सुर्खेतको अध्यक्षमा  कुलमणि देवकोटा निर्वाचित भएका छन् । उनी यस अघि उपाध्यक्ष थिए । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

त्यस्तै, उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उपसचिव (खुला)मा टीकाराम सोमै निर्वाचित भएको नेकपा एमाले सुर्खेतले जनाएको छ ।

यसैगरी, महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन्। सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचित सबै पदाधिकारीहरु एमाले स्थाइि समिति सदस्य यमलाल कँडेल पक्षधरहरु हुन । निकटतम प्रतिद्वन्दी अमृत बहादुर बिसीलाई अर्का स्थायी समिती सदस्य गोरख बोगटीको समर्थन थियो । 

१ महिना अगाडि

प्रतिक्रिया