कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ : कृषिमन्त्री साह

१ महिना अगाडि

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गरेकी छन् । 

सोमवार सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले  त्यस सम्बन्धमा सांसदहरूले दिएको सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । उनले भू(बनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढवा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन् । मन्त्री साहले सिँचाइका असुविधाहरू भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् । 
 

१ महिना अगाडि

प्रतिक्रिया