युरोपमा प्रवास मोर्चालाई सशक्त बनाउन शर्माको अपिल

१ महिना अगाडि

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले युरोपमा नेपाली प्रगतिशील मञ्च (एनपीपीएफ) विस्तार गर्न जोडका साथ लाग्नुपर्ने आवश्यकता औल्याएका छन् ।

हालै निर्वाचित एनपीपीएफ युरोपको नवनिर्वाचित समितिलाई सपथ खुवाउने कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपालको जनयुद्धदेखी नै प्रगतिशील विचार राख्ने युरोपका नेपालीको ठूलो भूमिका रहेको बताउंदै अब फेरी नयां शिराबाट संगठन विस्तार गर्नुपर्ने बताए ।

जनयुद्धकालदेखी युरोपका नेपालीको ठूलो सहयोग रहेको छ, अब फेरी संगठनलाई विस्तार र व्यवस्थित गरि अघि बढ्नप पर्ने आवश्यकता छ ।’ शर्माले भने । पार्टीका केन्द्रिय सदस्य समेत रहेका शर्माले देशमा जे जति परिर्वतन आयो त्यो माओवादी जनयुद्धले दिलाएको भन्दै माओवादीले गरेका काम र मुद्दाहरु प्रचार गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का बैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र भुषालले सबैलाई समेटेर युरोपमा पार्टी संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । एनपीपीएफ युरोपका इन्चार्ज रणबहादुर खाती क्षेत्री, नेकपा माओवादी केन्द्रका विदेश विभाग सदस्य डा।कृष्ण अर्याल, निर्वाचित समिति सदस्य लोक दाहाल लगायतले शुभकामना दिएका थिए । नव निर्वाचित समितिलाई अध्यक्ष सुवेदीले सपथ खुवाएका थिए भने सहभागी सबैले परिचय दिएका थिए । कार्यक्रमको सन्चालन महासचिब धर्मराज खतिवडाले गरेका थिए ।

मार्च १७ र १८ मा स्पेनको बार्सिलोनामा भएको एनपीपीएफको ५ औं महाधिवेशनले चित्र सुवेदीको अध्यक्षतामा २९ सदस्सिय समिति निर्वाचित गरेको थियो ।समितिको इन्चार्जमा क्षेत्री (यूके), गंगा प्रसाद भुसाल (स्पेन), शेर सिंह ठकुरी (बेलायत ), कल्पना मगर (बेल्जियम), महासचिवमा धर्मराज खतिबडा (अस्ट्रिया) सचिवहरुमा अर्जुन आचार्य (स्पेन), निर्मला बजगाइ अधिकारी (बेल्जियम), हरिसचन्द्र पोखरेल (पोर्तुगाल),कोषाध्यक्षमा डोलराज भन्डारी (बेलायत) र
सहकोषाध्यक्ष सुमन पौडेल (फ्रान्स) रहेका छन् ।

समितिका कार्य समिति सदस्यहरुमा श्याम खनाल, केसर बहादुर थापा, राजेन्द्र सेढाइ, काजी नेपाली, सावित्रा गिरि, रुपक श्रेष्ठ, ठाइला किरात, पबन सुबेदी, होम गुरुङ, इस्वर रिजाल, प्रेम परियार, राम कुमारी बि क, महेश कुमार खाती, स्याम प्रसद ढकाल, प्रेम चन्द्र भण्डारि, युवराज खनाल, बुद्धलाल योंजन लामा, लिलि तामाङ, नारायण प्रशाद अधिकारी, डि एस राणा, रबीन लिम्वु, दूरबसा भण्डारी, जसमान दर्नाल, शुसिला खत्री, मायॅा तामांग, मोहन के सी, बिष्णु रायमाझि, सरिता शर्मा र भिम सुबेदि रहेका छन् ।

१ महिना अगाडि

प्रतिक्रिया