भरतपुर महानगरद्धारा राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई स्वागत

१ महिना अगाडि

चितवन - राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई भरतपुर महानगरपालिका कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ । 

मंगलबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच अध्यक्ष दाहाललाई स्वागत तथा सम्मान गरिएको हो । फागुन २९ गते उनी राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै पहिलो पटक गृह जिल्ला चितवन आएका हुन्।सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई उचो पार्ने गरी काम गर्ने उल्लेख गरे । संघ, प्रदेश र स्थानीय तहलाई आवश्यक कानुन निर्माण गर्न राष्ट्रिय सभाको अध्यक्षको हैसियतले पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।‘अहिले संविधान कार्यन्वनको चरणमा छ,उनले भने,‘केही महत्वपूर्ण ऐन, कानुनहरु निर्माण हुन बाँकी छन् । ऐन कानुनहरु नबन्दा काम गर्नलाई गारो भइरहेको छ । निजामति ऐन, प्रहरी समायोजन ऐन तथा टिआरसी सम्बन्धी कानुन छिटो निर्माण गर्न जरुरी रहेको छ ।’अध्यक्ष दाहालले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएसँगै देश निर्माणको अभियानमा बढ्न थप जिम्मेवार बन्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

यस्तै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरले सम्माननीय प्रधान्त्रीमन्त्री, राष्ट्रिय सभाको अध्यक्ष र माननीय उपप्रधान तथा गृहमन्त्री पाउनु आफैमा गर्वको विषय भएको बताए ।
ईतिहासमा यस्तो अवसर विरलै मात्रमा पाइने भएकाले यो अवसर र चुनौती दुबै भएको उनको भनाई थियो । प्रमुख दाहालले राष्ट्रिय सभा अध्यक्षले संविधानको रक्षा, यसको सही कार्यन्वन र जनताको पक्ष राम्रोभन्दा राम्रो काम गर्न शुभकामना व्यक्त गरे । उनले हिजोका दिनमा स्थानीय तहमा देखिएको ऐन कानुन सम्बन्धी कठिनाईलाई पन्छयाउनलाई समान्वत्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे । चितवन जिल्लालाई वैकल्पिक राजधानी बनाउन नसकिएपनि आर्थिक राजधानीको रुपमा विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाली काँग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
 

१ महिना अगाडि

प्रतिक्रिया