विगत १० वर्षमा ३८ हजार ४ सय आप्रवासीले डुबेर ज्यान गयो

४ हप्ता अगाडि

काठमाडौं - संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले सार्वजनिक गरेको प्रतिवेदनले विगत १० वर्षमा ६४ हजार आप्रवासीको मृत्यु भएको जनाएको छ ।

 जसमध्ये ३८ हजार ४०० आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको उल्लेख छ । अन्तराष्ट्रिय अनुसार सबैभन्दा बढी २७ हजार आप्रवासीको मृत्यु भूमध्यसागरमा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । धेरै आप्रवासीहरू भूमध्यसागर हुँदै उत्तर अमेरिकाबाट दक्षिणी युरोप पुग्ने प्रयासमा उनीहरुको मृत्यु भएको हो । आईओएमका डाटा विश्लेषक एन्ड्रिया गार्सिया बोर्जाले भूमध्यसागर खतरनाक क्षेत्र भएकाले त्यहाँ यात्रा गर्नु निकै जोखिमपूर्ण रहेको बताइन् । उनले भूमध्यसागरको तथ्यांकलाई अन्य क्षेत्रको तुलनामा धेरै गहिराइमा हेरिएको बताइन। उनका अनुसार साहारा मरुभूमिजस्ता क्षेत्रको अनुगमन गर्न कठिन भएको कारण भरपर्दो तथ्यांक आउन मुस्किल भएको थियो ।

आधा भन्दा बढी केसहरूमा आइओएम आप्रवासीको लिंग वा उमेर थाहा पाउन असमर्थ भएको जनाएको छ। पहिचान भएका आप्रवासीहरू एक तिहाइ भन्दा बढी द्वन्द्व भएका देशहरू वा ठूलो शरणार्थी जनसंख्या भएका देशहरूबाट आएको बताएको छ । उक्त प्रतिवेदनले सन् २०२३ मा विश्वभर आप्रवासन मार्गमा ८,५०० भन्दा बढी मानिसको मृत्यु भएको देखाएको छ। यस हिसाबले सन् २०२३ लाई सबैभन्दा जोखिमपूर्ण वर्ष भन्न सकिने आइओएमले जनाएको छ । सन् २०२४ को तथ्यांक पनि चिन्ताजनक हुनसक्ने बताइएको छ । यी मार्गहरूमा बलियो सुरक्षा क्षमता र सुरक्षित आप्रवासन मार्गहरूको कडा आवश्यकता रहेको र साथै समुद्रमा, संकटमा परेका आप्रवासीहरूको लागि ठूलो अन्तर्राष्ट्रिय कानून समर्थनको आवश्यकता रहेको आईओएमले बताएको छ ।

४ हप्ता अगाडि

प्रतिक्रिया