बाढीले अफगानिस्तानको ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

१ हप्ता अगाडि

काठमाडौँ - उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र मदरसा क्षतिग्रस्त भएको छ । पर्याप्त कोषको अभावले क्षतिग्रस्त  विद्यालय र मदरसा मर्मतमा बाधा पुर्याइरहेको  छ । 

उरुजगनका शिक्षा प्रमुख समसुल्ला कामरानले उरुजगन शिक्षा विभागसँग ती विद्यालयहरूको पुनर्निर्माण गर्न पर्याप्त रकम नभएको बताए । “वर्षा र बाढीका कारण लगभग ७० वटा विद्यालय पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्, सम्बन्धित निकायबाट विद्यालयहरूलाई उचित संरक्षण प्राप्त नभएमा उरुजगन प्रान्तले अस्वाभाविक समस्याहरूको सामना गर्नुपर्ने छ”, उनले भने ।प्रान्तका धेरै शिक्षक र विद्यार्थीहरूले शैक्षिक प्रक्रिया सुस्त भएको बताएका छन् । 

क्षतिग्रस्त विद्यालयहरूका अधिकांश विद्यार्थी अहिले खुला क्षेत्र वा निजी निवासमा पढिरहेको स्रोतले जनाएको छ ।“विद्यार्थीहरूले सिक्ने ठाउँको अभावमा दिन कटाइरहेका छन्”, शिक्षक सिराजुद्दिन सिराजमललाई उद्धृत गर्दै टोलो न्युजले भनेको छ । कठिन परिस्थितिलाई उजागर गर्दै एकजना विद्यार्थी जावेदले भने, “हामी घाममुनि बस्छौँ, हामीसँग केही छैन र शिक्षकहरू पनि आउनुहुन्न, यसले हामीलाई घर फर्कन बाध्य पार्छ ।”


 

१ हप्ता अगाडि

प्रतिक्रिया