जापानमा ४३ वर्ष यताकै कम बालबालिकाको संख्या

१ हप्ता अगाडि

काठमाडौँ - जापानमा बालबालिकाको संख्या ४३ वर्ष यताकै कम रहेको छ ।  जापानको अनुमानित बाल जनसंख्या अप्रिल १ सम्म १४.०१ मिलियन रहेको छ । 

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार सन् १९५० मा तुलनात्मक तथ्याङ्क उपलब्ध भएदेखि विदेशीसहित १४ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या एक वर्ष अघिको तुलनामा ३३ लाखले घटेर रेकर्ड न्युन रहेको हो । 

देशको कुल जनसङ्ख्यामा बालबालिकाको अनुपात ०.२ प्रतिशत बिन्दुबाट घटेर ११.३ प्रतिशतमा झरेको छ । जुन सन् १९५० यताकै न्युनस्तर पनि हो । लिङ्गको आधारमा, पुरुषहरूको जनसंख्या ६.८३ मिलियन महिलाहरूको ७.१८ मिलियन पुगेको छ । सन् १९८२ देखि जापानमा बालबालिकाको जनसङ्ख्या घट्दै गएको छ । सन् १९५४ मा २९.८९ मिलियनमा पुगेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया