किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

आइतबार, ०६ जेठ २०८१, १३ : ५३

काठमाडौँ - सङ्खुवासभामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

मादी नगरपालिका-६ पुलुङ बस्ने २१ वर्षीय गयामणि राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती किशोरीलाई बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मादिराम्बेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । 

आइतबार, ०६ जेठ २०८१, १३ : ५३

प्रतिक्रिया