मङ्गोलियाको जङ्गलमा आगलागी बढ्यो

१ हप्ता अगाडि

काठमाडौँ - मङ्गोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा जङ्गल आगलागीका घटना भएको  छ । आगलागीको यो घटना गत वर्ष सन् २०२३ को सोही अवधिको तुलनामा ३.८ प्रतिशतले बढी हो ।

आपतकालीन व्यवस्थापन निकायका अनुसार, कम्तीमा पाँच लाख ४९ हजार १३ हेक्टर जङ्गल र घाँसे मैदान जङ्गली डढेलोबाट जलेको छ । मानवीय लापरबाही नै डढेलोको मुख्य कारण रहेको सोमबार सार्वजनिक एक सरकारी प्रतिवेदनले जनाएको  छ । देशका अधिकांश क्षेत्रमा सुख्खा मौसमका कारण जङ्गल र मैदानमा आगलागीको उच्च जोखिम रहेको भन्दै सर्वसाधारणलाई खुला ठाउँमा आगो नबाल्न वा भूइँमा चुरोटका ठुटा नफाल्न चेतावनी दिएको छ ।
  

१ हप्ता अगाडि

प्रतिक्रिया