‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’सार्वजनिक

१ हप्ता अगाडि

काठमाडौँ - फिल्म ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ । गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर रहेको छ ।

गीतमा प्रवीण खतिवडा र ‘तान्छो’को भूमिका निर्वाह गरेका बाल कलाकार नेनाहाङ राईको अभिनय छ । गीतमा यी दुई पात्रबिचको निकटता देखाइएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले रिलिजपछि यो गीत सार्वजनिक गरेको हो । उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’मा प्रवीण खतिवडा, मिरुना मगर, दायहाङ राई र मेनुका प्रधानको अभिनय छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया