मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

४ हप्ता अगाडि

काठमाडौँ। मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ ।

दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दै छ । कम्पनीको सभाले चुक्ता पुँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४.१७ रुपैयाँ बोनस शेयर र ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९.१७ रुपैयाँको नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्ने छ ।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २९ गते बिहीबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीको जानकारी छ।

४ हप्ता अगाडि

प्रतिक्रिया