एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

४ हप्ता अगाडि

काठमाडौं - एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुने ‘बिराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रायोजनका लागि आयोजक बिराट गोल्ड कप फुटबल ट्रष्टसँग सम्झौता समेत गरि सकेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट ब्रान्डिङ एण्ड कर्पोरेट कम्युनिकेशन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरे । २०८० चैत्र १५ देखि २४ सम्म विराटनगरस्थित सहीद रंगशाला सञ्चालन हुने प्रतियोगितामा सङ्कटा क्लब, नेपाल सशस्त्र प्रहरी बल, मोरङ–११, त्रिभुवन आर्मी क्लब, चर्च बोइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, थ्री स्टार क्लब, नेपाल पुलिस, सुनसरी–११, भुटानबाट भुटान एफसी, भारतबाट दिल्ली एफसी, माने भञ्ज्याङ दार्जिलिङ, कोलकत्ता–११ र पञ्जाब पुलिस टिम सहभागी हुनेछन् ।

४ हप्ता अगाडि

प्रतिक्रिया