लगानीको वातावरण बनाउन कोरियाको आग्रह

१ महिना अगाडि

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तइयोडबीच मंगलबार भेटवार्ता भएको थियो । नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालले कृषि, उद्योग र जलविद्युत् विकासका लागि कोरियन अनुभव, ज्ञान, सीप तथा प्रविधिबाट लाभान्वित हुन चाहेको बताउनुभयो । उहाँले राजदूत तइयोङसँग नेपालमा पछिल्ला दिनमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग गर्न कोरिया सरकार एवं निजी क्षेत्रसमेतलाई आग्रह गर्नुभयो ।

आगामी अप्रिल २८–२९ मा आयोजना हुने नेपालको लगानी सम्मेलनमा कोरियाली सरकार तथा निजी क्षेत्रको उल्लेख्य सहभागिताका लागि सहजीकरण गरिदिन उहाँले आग्रह गर्नुभयो । नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयबीच व्यापार तथा लगानी प्रवर्द्धनको कार्यढांचा स्थापना गर्न समझदारीपत्रको मस्यौदा कोरिया पक्षबाट नेपालले प्राप्त गरी सो मस्यौदामा अध्ययन तथा सरोकारवालासँग छलफल भइरहेको मन्त्री भण्डारीले जानकारी गराउनुभयो । नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्धको सम्झनास्वरूप 'एभरेष्टिङ फ्रेण्डसिप' नेपाल–कोरिया ५०औं वर्षगाठ अंकित लोगो सार्वजनिक भएकोमा खुसी व्यक्त गर्नुभयो ।

कोरियाले अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (कोइका) मार्फत् विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पुऱ्याएको योगदान नेपालका लागि महत्त्वपूर्ण रहेको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले अन्तरआबद्धता, पूर्वाधार विकास, ऊर्जा, व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा कोरियासँग साझेदारी ड्ड विस्तारमा नेपाल प्रतिबद्ध रहेको बताउनुभयो । राजदूत तइयोडले कोरियन लगानीकर्ताले नेपालमा लगानी गर्न धेरै इच्छा देखाएको भन्दै लगानीमैत्री वातावरण निर्माण गर्न र लगानी गर्न मिल्ने क्षेत्र पहिल्याउन आग्रह गर्नुभयो । उहाँले मझौला उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्न कोरिया सरकार तयार रहेको, गाडीका पार्टपुर्जा ल्याउँदा र गाडीको ुएसेम्बलु गर्दा उही मूल्य पर्न जाने भएकाले भन्सार दर सहुलियत हुनुपर्नेमा पनि जोड दिनुभयो ।

१ महिना अगाडि

प्रतिक्रिया