सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा आज बस्दै

सोमबार, ३१ बैशाख २०८१, ०७ : २८

काठमाडाैँ- सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा आज वैशाख ३१ गते सोमबार बस्दैछ । सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ । सभाले यस कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ११ प्रतिशत बोनस सेयर  र ०.५७८९ प्रतिशत नगद लाभांश  कर सहित पारित गर्नेछ । 

साथै, सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोमबार, ३१ बैशाख २०८१, ०७ : २८

प्रतिक्रिया