काठमाडौं महानगरमा इन्टर्नका लागि कर्मचारी माग

३ हप्ता अगाडि

काठमाडौं- काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले इन्टर्नका लागि दरखास्त आह्वान गरेको छ ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै स्वर्णिम योजना, ’एग्रो पुलिङ कार्यक्रम’ मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले १५ ना जनशक्ति आवश्यक रहेको बताएको होे ।

महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै स्वर्णिम योजना, ’एग्रो पुलिङ कार्यक्रम’ मा महानगरपालिका क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थल, आयात, खपत लगायतको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएकोले १५ जना जनशक्ति आवश्यक रहेको बताएको होे । कृषि विषयमा स्नातक तह अध्ययनरत वा उत्तीर्ण भएकाले आज चैत २६ गततेदखि ७ दिनभित्र आवेदन दिन सक्ने छन् । योग्यता पुगेका इच्छुक उम्मेद्वारले अनलाइन internship.kathmandu.gov.np बाट आवेदन दिन सक्ने छन् । इन्टर्न विद्यार्थीले प्राप्त गर्ने सुविधा सम्झौता बमोजिम हुने महानगरद्वारा जारी सूचनामा भनिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया