वर्ष २०८० लाई फर्केर हेर्दा

३ हप्ता अगाडि

काठमाडौँ - वर्ष २०८० नेपालको आर्थिक, राजनीतिक र खेल क्षेत्रमा उल्लेखनीय घटनाहरु छोडेर बिदा भएको छ ।

सबैभन्दा उथलपुथल राजनीतिक क्षेत्रमा भएको छ । गत पुस १० मा वामपन्थी बर्चस्वको गठबन्धन बन्यो । एमाले, रास्वपा, राप्रपा, जसपा लगायतको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने । यो गठबन्धन झण्डै दुई महिना टिक्यो । अनि फेरि कांग्रेस सहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा कायम रहे र एमाले सरकारबाट बाहिरियो । सरकारबाट बाहिरिएको एमाले गत फागुन १५ गते १ वर्ष ६ दिनमै सरकारमा फर्कियो । 

यो वर्ष सरकारले केही ठूला काण्डहरुको फाइल खोल्यो र केही हाइ प्रोफाइलहरुमाथि कारबाही गरियो । सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण र बहु चर्चित ललिता निवास काण्डमा सरकारले अनुसन्धानलाई तीब्र बनायो । पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खा“डहरु पक्राउ परे । आफू अनुकूलको राजनीतिक समीकरणको कारणले खा“ड थुनामुक्त भए भने रायमाझी अझैं जेलमा छन् । उता सुन काण्डमा पूर्व सभामुख महरा पक्राउ परे र मुक्त पनि भैसकेका छन् । महरा पुत्र राहुल र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिेपेश सहकारी ठगी काण्डमा जेलमा छन् । ललिता निवास प्रकरणलाई पनि सरकारले निष्कर्शमा पुर्याएको छ । यस अघिका प्रधानमन्त्रीहरुले गर्न नसकेका यी कामहरु गरेर सरकारले प्रशंसा बटुल्न सफल भएको छ । तर अझैं थुप्रै यस्ता फाइलहरु खोल्न बा“की नै छन् । 

यस वर्ष अन्य ठूला घटनाहरु पनि मुलुकले साक्षात्कार गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई लगायतले राजसंस्था पुनस्र्थापना, हिन्दु राष्ट्रको स्थापना, संघीयता खारेजी, बैंक ऋण मिनाहा लगायतका माग राखेर दवावमुलक अभियान चलाए । यो स“गै मिटरव्इाज पीडित र सहकारी ठगीको आन्दोलन राष्ट्रिय मुद्धा बन्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा यो विषयलाई चर्काएर गृहमन्त्री रबी लामिछानेमाथि सहकारी ठगीमा छानबिन गर्न संसदीय समिति बनाउने माग राखेर संसद अबरोध गर्यो । यसैवर्ष प्रमुख राजनीतिक दलहरुले विभिन्न अभियान चलाए र विवाद र अन्तरबिरोधको सामना पनि गर्नुपर्यो । एमालेले ’झुलाघाट–चिवाभन्ज्याङ’ र माओवादीले ’जनतास“ग माओवादी ’ अभियान चलायो भने कांग्रेसले गोदावरीमा महासमितिको बैठक गर्यो । जहा“ हिन्दु राष्ट्र र गठबन्धनको विषयमा निर्णायक बहस भयो । परिणाम गठबन्धन नै परिवर्तन भयो । त्यस्तै मधेशवादी दलहरुमा केही आन्तरिक उतारचढावहरु भए । नागरिक उन्मसक्ति पार्टीमा श्रीमान– श्रीमतीको विवादले राष्ट्रिय चर्चा पायो ।

मधेशमा राजेन्द्र महतोले महन्त ठाकुरको साथ छोडे र आफ्नो अलग अभियान सञ्चालन गरे र उता माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साहले आम जनता पार्टी गठन गरेर मधेशमा नया“ शक्ति बन्ने प्रयाश गरे । यसै वर्ष देशले सालीन नेता र पूर्व सभामुख तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई गुमायो । सुदूरपश्चिम सरकारका प्रदेश मन्त्री सिंहलाई पनि गुमायो । वर्ष २०८० मा दलहरुको लोकप्रियताको परिक्षण उप निर्वाचनको परिणामले देखायो । बैशाख १० मा भएको उप निर्वाचनमा तनहु“–१ र चितवन–२ मा रास्वपाले जित हासिल गर्यो भने बारा–२ मा जसपाले बाजी मार्यो । 

खेल र फिल्म क्षेत्रको लागि २०८० साल विशेष रह्यो । क्रिकेट प्रमीको लागि २०८० साल एउटा ऐतिहासिक वर्ष बन्न पुग्यो । क्रिकेटस“गै महिला फुटबल, पारा खेलकूद,करा“ते, तेक्वाण्डो जस्ता खेलका लागि पनि २०८० ऐतिहासिक रह्यो । विशेष गरी, नेपाल टी– ट्वान्टी विश्वकपमा छनोट हुनु सम्पूर्ण खेलप्रेमीको लागि गर्वको विषय बन्यो । फुटबलको लागि भने यो वर्ष खासै उपलब्धीमूलक रहेन । नेपाली फिल्म क्षेत्रले पनि केही गति लिन सफल भयो । यस क्षेत्रमा नया“ र आशालाग्दा अनुहारहरुको प्रवेश भएको छ ।   

३ हप्ता अगाडि

प्रतिक्रिया