को बन्ला त्रिविको उपकुलपति ? कोइरालाको संभावना बलियो

सोमबार, २३ असार २०८२, १४ : ३६

काठमाडौं - उपकुलपति केशरजंग बरालले गत चैत १५ गते राजीनामा दिएपछि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति अहिलेसम्म नियुक्त हुन सकेको छैन । स्रोतका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा.डा. उपेन्द्र कुमार कोइरालासहित तीन जनाको नाम सिफारिस गरेको स्रोतको दाबी छ । कोइराला सफल उपकुलपति मानिन्छन् । 

आइतबार टुङ्गो लागेको नाम सोमबार नै औपचारिकरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने छ । त्यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्ति गर्नेछ । त्रिविका उपकुलपतिमा आकांक्षी १२ जनाबाट छनौट गरेर पाँच जनामा सीमित गरेपछि पाँचमध्ये पनि तीन जनाको नाम छनोट गरेर नियुक्तिका लागि पठाइएको स्रोतको दाबी छ ।

त्रिविको उपकुलपतिका लागि कोइरालाका अतिरिक्त प्रा.डा. खड्ग केसी, प्रा.डा. योगेन्द्र बहादुर गुरुङ्ग, प्रा.डा. विनील अर्याल र प्रा.डा.डिल्ली उप्रेती तीव्र प्रतिस्पर्धामा छन् । तर स्रोतका अनुसार अर्याल र कोइरालामध्ये एक जना उपकुलपति बन्ने पक्कापकी जस्तै छ । तर, कोइरालाको सम्भावना रहेको स्रोतको दाबी छ ।

 
 
सोमबार, २३ असार २०८२, १४ : ३६

प्रतिक्रिया