रसुवामा भिषण बाढी : भन्सारका मालवाहक ट्रक बगायो, उद्धार गर्न गएका प्रहरी नै सम्पर्कविहीन

मंगलबार, २४ असार २०८२, ०८ : ०१

काठमाडौं । चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर रसुवाको टिमुरे स्थित ड्राइपोर्टमा कार्यलयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएका  छन् । 

इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका छन् ।

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका हुन् ।

छिमेकी चीनतर्फ अविरल वर्षापछिको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुगेको हो।

सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा समेत बाढी पस्दा त्यहाँ रहेका केही मालवाहक कन्टेनरहरू बगाएको  छ।

मंगलबार, २४ असार २०८२, ०८ : ०१

प्रतिक्रिया