काठमाडौं- चरम राजनीतिक दाउपेचको शिकार भएको देशकै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयमा सबै समूहले लगाएको ताला खुलेको छ । सर्वोच्चले तत्काल ताला खोल्नु र खोलाउन वा नलगाउनु भन्ने आदेश जारी गरेपछि ताला खोलिएको हो ।
ताला खुले पनि नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा निषेध गरेको छ ।
उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा निषेध गरेका हुन् ।
फास्ट ट्र्याक मार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना खोल्नुपर्ने लगायतका मागहरू राखेर आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा ताला लगाएका थिए । उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार कार्यालय तथा त्रिवि सेवा आयोगको कार्यालयमा ताला लगाएका थिए ।
प्रतिक्रिया