त्रिवि उपकुलपतिको सिफारिशमा नियुक्त भए रेक्टर र रजिस्ट्रार

३ हप्ता अगाडि

काठमाडौं – उपकुलपतिले सिफारिश गरेपछि पनि नियुक्त गर्न आनाकानी गरेका प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन विश्वविद्यालयका रेक्टर र रजिस्ट्रार नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा प्रधानमन्त्रीले शुक्रबार रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्क केसी नियुक्त गरेका हुन् ।

 त्रिवि ऐनअनुसार रेक्टर र रजिस्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले नियुक्ति गरेका हुन् । रजिस्ट्रारमा नियुक्त भएका रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् । दुवैजना विषयगत हिसाबले पोख्त भएकाले काम गर्न सहज हुने उपकुलपति बरालको भनाइ छ । 

 त्रिविले गत ६ चैतमा सूचना जारी गर्दैरजिस्ट्रार र रेक्टरका लागि आवेदन खुला गरेको थियो । सोही आधारमा छनोट गरेर सिफारिस गरिएको थियो । आफूले सिफारिस गरेको व्यक्ति नै नियुक्त भएकाले काम गर्न सहज हुने उपकुलपति प्रा.डा. बरालले बताए । उनका अनुसार टिमले पूर्णता पाएसँगै अब त्रिविका कामकाज सहज हुनेछन् । तर, विद्यार्थी नेता र प्राध्यापकबाट हुने अवरोध भने चुनौतीका रूपमा रहेको उनले बताए । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया