सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न र नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आह्वान

आइतबार, ०२ बैशाख २०८१, ०९ : ०८

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन्। 

विद्यालय भर्ना अभियान सुरु भएको अवसरमा शुभकामना दिँदै उनले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा भर्ना गराउन अभिभावकलाई आह्वान गरेका हुन्। 

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका आजबाट शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएको छ। 

शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै प्रधानमन्त्री प्रचण्डले यसलाई कार्यान्वयन गर्नै सबैको दायित्व भएकाे जनाएका छन्। 

गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर पुस्तक नपाएर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै उनले  शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको बताएका दाबी गर्दै यसको प्रबन्ध मिलाउने सबैमा धन्यवाद दिएका छन्। IMG-20240414-WA0000

आइतबार, ०२ बैशाख २०८१, ०९ : ०८

प्रतिक्रिया