अमेरिका पठाउने भन्दै भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना  पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ- अमेरिका पठाउने प्रलोभनमा पारी भारतबाट काठमाडौँ ल्याई बन्धक बनाएर फिरौती माग्ने आठ जना भारतीय नागरिकलाई प्रहरीले अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता गर्ने सिफारिससहितको प्रतिवेदन दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले भारतीय नागरिक अब्दुल रहिम, चरणजित सिंह, निपुन गुप्ता, रामचन्द्र शर्मा, इन्द्र भन्ने हिन्दुसिंह यादव, अशोक कुमार, रवि मेवाडे र मनिषकुमार मल्होत्राविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सिफारिससहितको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । यसका प्रमुख योजनाकार इन्दुसिंह यादव लामो समयदेखि नेपालका विभिन्न गार्मेन्ट उद्योगमा काम गर्ने गरेको र उनले चिनजानका व्यक्तिलाई प्रयोग गरेर भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया