मलामीद्वारा घाटका कामदारको चिर्पट प्रहार

१ हप्ता अगाडि

काठमाडौँ - इटहरी उपमहानगरपालिका- ४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

सोही उपमहानगरपालिका- ४ गैरीगाउँबाट बस्ने ३७ वर्षीय उमेश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका- ४ गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट समेत गर्दा गम्भीर घाइते भएका विनोदको वेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया