सञ्चार सम्बद्ध संस्थाहरुलाई अनुदान दिइने

१ हप्ता अगाडि

काठमाढौं –पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरुले सरकारी अनुदान पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारितासँग सम्बन्धित संघ संस्थाहरुलाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी कार्यविधि, ‘२०८०’ जारी गरेपछि यो व्यवस्था गरिएको छ ।  

पत्रकारिताको क्षेत्रसँग सम्बद्ध संस्थाहरुको विकासमा सहयोग पुर्याउन तथा अनुदान वितरणसम्बन्धी कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन उक्त कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । 

यस प्रकारको अनुदान सहयोग पत्रकारिता, सञ्चार र सूचनाका क्षेत्रमा काम गर्ने गैरनाफामूलक संघसंस्थालाई मात्र प्रदान गरिने कार्यविधिमा उल्लेख छ । 

कार्यविधिले तोकेको विधि, प्रक्रिया तथा मापदण्डभित्र रहेर इच्छुक सरोकारवाला संस्थाहरुले आगामी १५ दिनभित्र कार्यक्रमको विस्तृत प्रस्ताव मन्त्रालयमा पेश गर्न सक्नेछन् । उक्त कार्यविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया